Home Bibles 1 राजा 3:6 · नेपाली बाइबल
1 राजा 3:6 · नेपाली बाइबल

सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।

Cross references

उत्पत्ति 24:40

तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाईं सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तैंले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्।

गन्ती 12:7

तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।

2 शमूएल 7:5

“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ।

2 शमूएल 7:8

“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः ‘मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।

2 शमूएल 12:7

तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।

2 शमूएल 22:21

परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।

2 शमूएल 22:25

यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रा कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।

2 शमूएल 22:47

परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।

1 राजा 1:48

अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।”

1 राजा 2:4

यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘

1 राजा 9:4

तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।

1 राजा 15:5

दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।

2 राजा 20:3

“परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।

1 इतिहास 29:12

धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।

भजनसंग्रह 13:6

म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।

भजनसंग्रह 15:2

केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।

भजनसंग्रह 18:20

म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।

भजनसंग्रह 78:70

परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।

भजनसंग्रह 116:7

हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।

भजनसंग्रह 119:17

मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्ने छु।

2 कोरिन्थी 9:5

त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।

2 कोरिन्थी 9:11

परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

Interlinear

Choose Theme