तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।
Cross references
त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।
किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।
परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्यायो। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”
चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि संधैका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”
म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्।
याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।
अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।”‘
“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।
हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।”मोशा अगुवाहरू छान्छन्
परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ।
तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।
यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु।