Home Bibles व्यवस्था 4:15 · नेपाली बाइबल
व्यवस्था 4:15 · नेपाली बाइबल

“त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।

Cross references

व्यवस्था 4:9

तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।

व्यवस्था 4:12

परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।

व्यवस्था 4:23

तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।

व्यवस्था 4:36

तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

व्यवस्था 5:4

परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो।

व्यवस्था 9:10

ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।

व्यवस्था 10:4

पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।

यहोशू 23:11

यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।

1 राजा 19:12

भूइँचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।

1 इतिहास 28:9

अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

भजनसंग्रह 119:9

तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?

हितोपदेश 4:23

सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

हितोपदेश 4:27

दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

यशैया 40:18

के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।

यर्मिया 17:21

परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।

मलाकी 2:15

परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्माहुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।

2 कोरिन्थी 4:4

यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्ता हुनुहुन्छ।

हिब्रू 1:3

पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

Interlinear

Choose Theme