Home Bibles व्यवस्था 32:47 · नेपाली बाइबल
व्यवस्था 32:47 · नेपाली बाइबल

नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”

Cross references

लेवी 18:5

यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।

व्यवस्था 8:3

परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।

व्यवस्था 30:16

म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिंजिनेछन्।

व्यवस्था 30:19

“आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सएछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।

व्यवस्था 30:20

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

व्यवस्था 31:13

यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”

हितोपदेश 3:1

हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।

हितोपदेश 3:18

ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।

हितोपदेश 3:22

ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।

हितोपदेश 4:13

अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।

हितोपदेश 4:22

मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।

यशैया 45:19

“म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।”

मत्ती 6:33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

रोमी 10:5

व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्“व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”

1 तिमोथी 4:8

शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अपर्ण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ।

1 तिमोथी 6:6

निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।

1 पत्रुस 3:10

धर्मशास्त्रले भन्छ,“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”

2 पत्रुस 1:3

येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।

2 पत्रुस 1:16

हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।

प्रकाश 22:14

“ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।

Interlinear

Choose Theme