Home Bibles व्यवस्था 31:13 · नेपाली बाइबल
व्यवस्था 31:13 · नेपाली बाइबल

यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”

Cross references

व्यवस्था 6:7

जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।

व्यवस्था 11:2

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।

व्यवस्था 32:47

नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”

भजनसंग्रह 78:4

अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।

भजनसंग्रह 78:5

परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।

हितोपदेश 22:6

नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।

एफिसी 6:4

पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।

Interlinear

Choose Theme