त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं।
Cross references
यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे।
त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।
बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।