गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”(बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो)
Cross references
मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।
“तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।
मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः
हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।येहूको मृत्यु
मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।