Home Bibles ☰ Books 2 राजा 10:33 · नेपाली बाइबल
2 राजा 10:33 · नेपाली बाइबल

हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।येहूको मृत्यु

Cross references

गन्ती 32:33

यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

व्यवस्था 2:36

त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

व्यवस्था 3:12

“यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।

व्यवस्था 3:13

गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”(बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो)

यहोशू 13:9

तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।

आमोस 1:3

तिनीहरुले धेरै अपराधहरू गरेको कारण, “ म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरुले गिलाद का मानिसहरुलाई फलामको दाँदेले धुलोपारेकोछ।

Interlinear

Choose Theme