Home Bibles व्यवस्था 29:3 · नेपाली बाइबल
व्यवस्था 29:3 · नेपाली बाइबल

तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।

Cross references

व्यवस्था 4:32

“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!

व्यवस्था 7:18

तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।

2 इतिहास 20:33

तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।

नहेम्याह 9:9

तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो, अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।

यशैया 6:10

मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”

यर्मिया 5:21

यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘

इजकिएल 12:2

“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्।

Interlinear

Choose Theme