तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।
Cross references
तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।
तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?
शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समप्रित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”
रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।
आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।
उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।
तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुसरण गर्ने निश्चय गर्नु भयो।”
यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।