Home Bibles व्यवस्था 28:46 · नेपाली बाइबल
व्यवस्था 28:46 · नेपाली बाइबल

अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

Cross references

व्यवस्था 28:37

देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

व्यवस्था 28:59

परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।

व्यवस्था 29:20

परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।

व्यवस्था 29:28

परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’

यशैया 8:18

“म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।”

यर्मिया 19:8

म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।

यर्मिया 25:18

मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।

इजकिएल 14:8

म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।

इजकिएल 23:32

परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “तिमीले आफ्नो दिदीको बिषको कचौरा पिउँनेछौ। यो विषको कचौरा लामो-गहिरो छ। त्यो कचौरामा धेरै बिष छ। मानिसहरू तिमीप्रति हाँस्नेछन् अनि हाँसो उडाउँनेछन्।

इजकिएल 36:20

उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’

1 कोरिन्थी 10:11

तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।

Interlinear

Choose Theme