Home Bibles ☰ Books व्यवस्था 27:24 · नेपाली बाइबल
व्यवस्था 27:24 · नेपाली बाइबल

“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

Cross references

प्रस्थान 20:13

“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

प्रस्थान 21:12

“यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।

लेवी 24:17

“अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ।

गन्ती 35:31

“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।

व्यवस्था 19:11

“तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।

व्यवस्था 19:12

यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सएछन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ।

2 शमूएल 3:27

जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

2 शमूएल 11:15

पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”

2 शमूएल 12:9

यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?

2 शमूएल 13:28

तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

2 शमूएल 20:9

योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

1 राजा 2:5

दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो।

Interlinear

Choose Theme