Home Bibles प्रस्थान 21:12 · नेपाली बाइबल
प्रस्थान 21:12 · नेपाली बाइबल

“यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।

Cross references

उत्पत्ति 9:5

अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।

उत्पत्ति 9:6

“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”

प्रस्थान 20:13

“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

लेवी 24:17

“अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ।

गन्ती 35:16

“कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।

गन्ती 35:30

“यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।

व्यवस्था 19:11

“तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।

2 शमूएल 12:13

तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

मत्ती 26:52

येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ।

Interlinear

Choose Theme