Home Bibles व्यवस्था 27:20 · नेपाली बाइबल
व्यवस्था 27:20 · नेपाली बाइबल

“लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

Cross references

उत्पत्ति 35:22

इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

उत्पत्ति 49:4

तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्।”

लेवी 18:8

यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।

लेवी 20:11

यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।

व्यवस्था 22:30

“कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

व्यवस्था 23:1

“गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसंग परमप्रभुको पूजामा भाग लिन सएदैनन्।

2 शमूएल 16:22

तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।

1 इतिहास 5:1

इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो।

इजकिएल 22:10

“‘यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्।

आमोस 2:7

तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।

1 कोरिन्थी 5:1

तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।

Interlinear

Choose Theme