“चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ।
Cross references
“इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ,
“इस्राएलका मानिसहरूलाई भनः जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ,
“तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।
तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।
“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्।
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।
तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।
तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।