“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
Cross references
“मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।
सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।
यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
“त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।
“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।
तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
“आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिञ्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।
“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।