Home Bibles ☰ Books व्यवस्था 23:19 · नेपाली बाइबल
व्यवस्था 23:19 · नेपाली बाइबल

“जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्।

Cross references

प्रस्थान 22:25

“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।

लेवी 25:35

“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।

नहेम्याह 5:1

अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले।

भजनसंग्रह 15:5

उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ।

इजकिएल 18:7

असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।

इजकिएल 18:13

कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।

इजकिएल 18:16

त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।

इजकिएल 22:12

“‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

लूका 6:34

यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।

Interlinear

Choose Theme