Home Bibles व्यवस्था 21:11 · नेपाली बाइबल
व्यवस्था 21:11 · नेपाली बाइबल

ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।

Cross references

उत्पत्ति 6:2

परमेश्वरका छोराहरुले ती मानव कन्याहरुलाई मन पराए। यसकारण परमेश्वरका छोराहरुले आफूले रोजेका केही कन्याहरुलाई विवाह गरे।

उत्पत्ति 12:14

अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे।

उत्पत्ति 29:18

याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”

उत्पत्ति 34:3

शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।

उत्पत्ति 34:8

तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।

गन्ती 31:18

तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।

न्यायकर्ता 14:2

जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”

हितोपदेश 6:25

उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।

हितोपदेश 31:10

असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

हितोपदेश 31:30

आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

Interlinear

Choose Theme