तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।
Cross references
“तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमाः आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ।
तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।
“तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।
इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।
ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।