Home Bibles ☰ Books व्यवस्था 2:8 · नेपाली बाइबल
व्यवस्था 2:8 · नेपाली बाइबल

“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।

Cross references

गन्ती 20:20

तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।” तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के।

गन्ती 20:21

एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।

गन्ती 33:35

ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।

व्यवस्था 1:1

जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

न्यायकर्ता 11:18

त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

1 राजा 9:26

राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।

2 राजा 14:22

यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।

2 राजा 16:6

त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।

Interlinear

Choose Theme