Home Bibles 2 राजा 16:6 · नेपाली बाइबल
2 राजा 16:6 · नेपाली बाइबल

त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।

Cross references

व्यवस्था 2:8

“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।

1 राजा 9:26

राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।

2 राजा 14:22

यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।

2 इतिहास 26:2

उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

Interlinear

Choose Theme