Home Bibles व्यवस्था 2:15 · नेपाली बाइबल
व्यवस्था 2:15 · नेपाली बाइबल

परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

Cross references

न्यायकर्ता 2:15

यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।

1 शमूएल 5:6

परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।

1 शमूएल 5:9

फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो।

1 शमूएल 5:11

एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।

1 शमूएल 7:13

पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो।

भजनसंग्रह 32:4

परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुक्खा जमीन जस्तो भएँ।

भजनसंग्रह 78:33

यसकारण तिनीहरूको जीवन महा-विपदसँग समाप्त पारिदिनु भयो।

भजनसंग्रह 90:7

हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।

भजनसंग्रह 106:26

तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।

यशैया 66:14

तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।

1 कोरिन्थी 10:5

तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।

Interlinear

Choose Theme