यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।
Cross references
“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,
“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
“यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्यौ।
म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु। म सधैं निश्चित हुन्छु यी कुराहरू हुनेछन्।
परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।
अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।
इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके।
त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।