Home Bibles व्यवस्था 16:8 · नेपाली बाइबल
व्यवस्था 16:8 · नेपाली बाइबल

तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।

Cross references

प्रस्थान 12:15

यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।

प्रस्थान 13:6

“सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ।

लेवी 23:6

“त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ।

लेवी 23:36

तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।

गन्ती 28:17

त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।

2 इतिहास 7:9

आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।

नहेम्याह 8:18

उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तकबाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौ दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।

योएल 1:14

उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

Interlinear

Choose Theme