तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
Cross references
“मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।
तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
“तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।
तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।
हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।
राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।
आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।
आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।
तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुसरण गर्ने निश्चय गर्नु भयो।”
निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्। तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन। म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू संम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समप्रित गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी अनि पहाडहरूमाथि सम्झन्छन्।
म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन।
म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।
त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।