Home Bibles ☰ Books व्यवस्था 11:7 · नेपाली बाइबल
व्यवस्था 11:7 · नेपाली बाइबल

तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।

Cross references

व्यवस्था 4:3

“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।

व्यवस्था 5:3

परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।

व्यवस्था 7:19

तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा उपयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।

व्यवस्था 27:10

यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”

व्यवस्था 29:2

मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिस्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।

यहोशू 24:31

इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

भजनसंग्रह 106:2

कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।

भजनसंग्रह 145:4

परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।

भजनसंग्रह 145:12

परमप्रभु। यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्।

भजनसंग्रह 150:2

परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!

Interlinear

Choose Theme