Home Bibles ☰ Books व्यवस्था 11:6 · नेपाली बाइबल
व्यवस्था 11:6 · नेपाली बाइबल

रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।

Cross references

गन्ती 16:1

यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।

गन्ती 16:31

जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो।

गन्ती 16:32

धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।

गन्ती 26:9

एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।

गन्ती 27:3

“हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

भजनसंग्रह 106:17

यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।

Interlinear

Choose Theme