Home Bibles ☰ Books व्यवस्था 11:31 · नेपाली बाइबल
व्यवस्था 11:31 · नेपाली बाइबल

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ

Cross references

व्यवस्था 9:1

“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।

यहोशू 1:11

“छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।”

यहोशू 3:13

पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”

यहोशू 21:43

यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।

Interlinear

Choose Theme