त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
Cross references
“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।
“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाँए।
म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।