Home Bibles दानियल 6:7 · नेपाली बाइबल
दानियल 6:7 · नेपाली बाइबल

राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।

Cross references

भजनसंग्रह 2:2

तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।

भजनसंग्रह 10:9

तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।

भजनसंग्रह 59:3

हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।

भजनसंग्रह 59:5

तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ! उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्। ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।

भजनसंग्रह 62:4

मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्।

भजनसंग्रह 64:2

मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।

भजनसंग्रह 83:1

हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।

भजनसंग्रह 94:20

परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।

दानियल 2:4

त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”

दानियल 3:2

तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

दानियल 3:6

यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

दानियल 3:11

अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।

दानियल 3:27

प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि खुइलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।

दानियल 6:2

उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।

दानियल 6:22

मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

मीका 6:5

हे मेरा मानिसहरु, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ, परमप्रभुमा उद्धार छ।”

नहूम 2:12

जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।

मत्ती 12:14

तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।

मत्ती 26:4

त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।

मर्कूस 15:1

एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

यूहन्ना 12:10

यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।

प्रेरित 4:5

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।

प्रेरित 4:26

पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’

Interlinear

Choose Theme