Home Bibles दानियल 6:2 · नेपाली बाइबल
दानियल 6:2 · नेपाली बाइबल

उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।

Cross references

1 शमूएल 2:30

“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।

एज्रा 4:22

यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

एस्तर 7:4

किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”

हितोपदेश 3:16

ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

हितोपदेश 26:6

मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

दानियल 2:48

यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

दानियल 5:16

मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि मलाई व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”

दानियल 5:29

यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो।

मत्ती 18:23

“यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गरयो।

लूका 16:2

यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।द्भ्य

लूका 19:13

यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।

1 कोरिन्थी 4:2

यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि उ त्यो विश्वासको योग्य छ।

Interlinear

Choose Theme