Home Bibles ☰ Books दानियल 3:24 · नेपाली बाइबल
दानियल 3:24 · नेपाली बाइबल

त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?”तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”

Cross references

1 शमूएल 17:55

शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?”अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”

दानियल 3:2

तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

दानियल 3:9

तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।

दानियल 3:17

यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।

दानियल 4:22

“हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।

दानियल 4:27

यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”

दानियल 5:6

यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।

दानियल 5:18

सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।

दानियल 6:7

राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।

दानियल 6:22

मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

प्रेरित 5:23

तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”

प्रेरित 9:6

उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

प्रेरित 12:13

पत्रुसले बाहिरबाट दैलो ढकढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई।

प्रेरित 26:13

हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।

प्रेरित 26:27

राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।

Interlinear

Choose Theme