Home Bibles ☰ Books दानियल 11:37 · नेपाली बाइबल
दानियल 11:37 · नेपाली बाइबल

“‘आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्।

Cross references

उत्पत्ति 3:5

परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

उत्पत्ति 3:16

त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,“जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

व्यवस्था 5:21

“तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।”

व्यवस्था 21:11

ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।

श्रेष्ठगीत 7:10

म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।

यशैया 14:13

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

यशैया 14:14

म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

इजकिएल 24:16

“हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रून नदेऊ।

इजकिएल 28:2

“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।

2 थिस्सलोनिकी 2:4

परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

1 तिमोथी 4:3

ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।

Interlinear

Choose Theme