यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।
Cross references
यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।
अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।
“त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पंखेटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।
मैले भेडोलाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।
मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेडाका सिँगहरू ठोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो।
त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सीङ चाहिँ प्रथम राजा हो।
“‘शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।
“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।
परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।
सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।