मैले भेडोलाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।
Cross references
यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।
म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!
तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!
अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ।“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”
“कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।
यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ।
अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।
त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।
“तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’
मैले बोकालाई भेडातिर कुद्दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सीङ भाँचिदियो। बोकोसित भेडोको सामना गर्ने शक्ति थिएन। बोकोले भेडोलाई भूइँमा लडायो अनि त्यसलाई कुल्चियो। भेडालाई बचाउने त्यहाँ कोही थिएन।
“‘अब म तिमीलाई साँचो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति उपयोग गर्नेछन्।
“‘शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।
“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।