तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्।
Cross references
दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए
त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?”हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”
तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।
“फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ।
उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।
“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।
तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।
येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसंगै कचौरामा रोटी चोप्दैछ।
“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।