ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।
Cross references
मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस वर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे।
कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्,अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,
अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।
तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”
मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन।
यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।-6-
ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।
परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हेरक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।
राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए।
राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।
त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”
कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन।
दानियलले भने“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ।
यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले।
जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्।
अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”
तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।