Home Bibles ☰ Books कलस्सी 3:8 · नेपाली बाइबल
कलस्सी 3:8 · नेपाली बाइबल

तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दाउँदी लाजलाग्दो शब्दहरूको प्रयोग नगर।

Cross references

लेवी 24:11

इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)

भजनसंग्रह 37:8

नरिसाऊ! बौलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौ।

हितोपदेश 17:14

झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।

हितोपदेश 19:19

यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।

हितोपदेश 29:22

क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।

मत्ती 5:22

तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

मर्कूस 7:22

वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।

रोमी 13:13

दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र र्खचिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरु गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

1 कोरिन्थी 3:3

तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।

2 कोरिन्थी 12:20

म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ र्तक, डाह, रिस, झगडा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला

गलाती 5:15

तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

गलाती 5:20

मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी,

गलाती 5:26

हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।

एफिसी 4:22

तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोडन सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

एफिसी 4:26

जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्। अनि दिनभरि नरिसाइ बस।

एफिसी 4:29

बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्।

एफिसी 4:31

तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।

Interlinear

Choose Theme