Home Bibles 2 तिमोथी 2:23 · नेपाली बाइबल
2 तिमोथी 2:23 · नेपाली बाइबल

मूर्ख र बेसमझका र्तकहरू छोड। तिमी जान्दछौ यस्ता र्तक बढ्ढेर विवादमा परिणत हुन्छन्।

Cross references

1 तिमोथी 1:4

तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नेदऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ।

1 तिमोथी 4:7

मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ।

1 तिमोथी 6:4

झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।

2 तिमोथी 2:14

मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे र्तक गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।

2 तिमोथी 2:16

जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।

तीतस 3:9

मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे र्तक गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन।

Interlinear

Choose Theme