Home Bibles आमोस 5:16 · नेपाली बाइबल
आमोस 5:16 · नेपाली बाइबल

त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेकाहुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।

Cross references

यशैया 15:2

राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।

यशैया 15:8

मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

यर्मिया 4:31

एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”

यर्मिया 9:10

म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।

यर्मिया 9:16

म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”

यर्मिया 9:17

यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।

होशे 4:3

देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।

योएल 1:8

कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्‌रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।

योएल 1:11

हे किसानहरु! निरास हौ। हे दाखवरीका किसानहरु अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरु नष्ट भएकोछ।

योएल 1:14

उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

आमोस 3:13

मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरुलाई यो कुराहरुको चेतावनी देऊ।

आमोस 5:27

यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।

आमोस 8:10

म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”

मीका 1:8

म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।

मीका 2:4

त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।

प्रकाश 18:10

ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

प्रकाश 18:15

“ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।

प्रकाश 18:19

तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। दिनीहरुले ठूलो आवजमा भने‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरु जसका समुद्रमा जहाजहरु थिए, उसको सम्पत्तिद्वारा धनवान भए। तर घण्टा भरमा त्यसको ध्वंस भयो।

Interlinear

Choose Theme