Home Bibles आमोस 1:2 · नेपाली बाइबल
आमोस 1:2 · नेपाली बाइबल

आमोसले भने, “ परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ। यहाँसम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।

Cross references

1 शमूएल 25:2

माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन गयो।

भजनसंग्रह 29:4

परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ। उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।

हितोपदेश 20:2

राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

यशैया 33:9

यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर आइलायो र शारोन खाडी सुक्खा र रित्तो भएको छ। बाशान र कर्मेलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जन बन्द भएका छन्।

यशैया 35:2

जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरूभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरूभूमि खुशीले नाचिरहेकोछ। मरूभूमि लबानोनको बगेंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।

यशैया 42:13

परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

यर्मिया 12:4

कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”

यर्मिया 14:2

“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।

यर्मिया 25:30

“यर्मिया! तिनीहरूलाई भन्छन् ‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ। उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ। परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ। उहाँ दाखरस बनाउनेले अङ्गुर किच्चाउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।

यर्मिया 50:19

म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु। तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्। तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।”

होशे 13:8

म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”

योएल 1:9

पूजाहारीहरु परमप्रभुका सेवकहरु रोऊ। किनभने अब अन्नबली,र अर्घबली परमप्रभुलाई चढाईनेछ।

योएल 1:16

हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र र्हष हराएर गयो।

योएल 2:11

परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?

योएल 3:16

परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।

आमोस 3:7

मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।

आमोस 3:8

यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?

आमोस 4:7

मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमापानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।

आमोस 9:3

यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।

नहूम 1:4

परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।

Interlinear

Choose Theme