धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोडनु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन।
Cross references
त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”
तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।
हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ।
तर हामीले निकै समय नष्ट गरेका थियौ। यो समुद्र यात्रा गर्नु भयंकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,
प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू र्पखिरहछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ।