धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्यागयौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।
Cross references
तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”
परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।
“तिमीहरूले ती कामहरू गर्नेलाई पूरा परिश्रम गर्यौ अनि कहिल्यै थाकेनौ। तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ, किनभने तिमीहरू निराश र थकित भएनौ।
खुट्टाहरू नाङ्गो नहुञ्जेल अनि घाँटी नसुकुञ्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’
त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’
तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।
उता आँधी तुफान र समुद्रको छाल झन-झन बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरुले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसंग के गर्नु पर्छ?”
जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।
“ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’
तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।
याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।