तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराँउनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?
Cross references
के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ।
किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ।”
येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।
पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।
तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।
तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो!
तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”
सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”
जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ उ अझै पनि जिउँदो छन्।
ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन?
उहाँले हाम्रो दुर्बल शरीर बदली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।