येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
Cross references
के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
“परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ। तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।
“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।
यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”
येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”
किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ।”
अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ।
तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।