केही दिनपछि राजा अग्रिपा र र्वणिस फेस्तसलाई भेट्न सिजरिया आए।
Cross references
तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।
नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।
यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए।
येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?”उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”
त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!”
तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”
अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।”यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।
राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।