Home Bibles यर्मिया 6:15 · नेपाली बाइबल
यर्मिया 6:15 · नेपाली बाइबल

पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

Cross references

उत्पत्ति 19:34

अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”

प्रस्थान 32:34

यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।”

हितोपदेश 29:1

यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।

यशैया 3:9

मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

यशैया 10:4

तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।

यर्मिया 3:3

तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।

यर्मिया 5:9

यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।

यर्मिया 5:29

के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”

यर्मिया 8:12

तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।

यर्मिया 14:15

यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।

यर्मिया 23:12

“यसकारण, तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

इजकिएल 2:4

म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’

इजकिएल 7:6

अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।

इजकिएल 14:9

यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।

इजकिएल 16:24

“ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ।

इजकिएल 24:7

यरूशलेम त्यो कलंकित दाग लागेको भाडा जस्तै हो। किन? किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ! उसले खुल्ला चट्टानमा रगत हाली। उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।

होशे 4:5

तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।

होशे 9:7

अगमवक्ता भन्छन, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन् तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।”

मीका 3:6

यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।

मीका 7:4

तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।

सपन्याह 3:5

तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैं उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।

मत्ती 15:14

फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”

फिलिप्पी 3:19

तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।

Interlinear

Choose Theme