कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
Cross references
“अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो।यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।”येशूले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।
जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
“त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।