भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।
Cross references
परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
तरवार! पानीको मुहानहरू काट ताकि मुहानहरू सुकुन। किनभने बाबेलमा धेरै मूर्तिहरू छन् अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।
एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।
त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?
जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ उ अझै पनि जिउँदो छन्।