मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
Cross references
त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”
“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”
“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।
“तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।
यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
जसरी पनि परमप्रभुले तपाईंलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्।
अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैं त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”
सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो।
परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्। अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्। तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ। कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!
ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।